काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महतले विशिष्ट परिवेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बनेको बताएका छन् ।
प्रेस युनियन सुर्खेतद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले विशिष्ट परिस्थिति सिर्जना भएकाले दुई शक्तिको समीकरणमा सरकार बनेको बताए ।
आसन्न उपनिर्वाचनमा कही कतै समीकरण भए पनि आगामी निर्वाचनमा अहिले गठनबन्धन गरिरहेका पार्टीहरु एक्लाएक्लै प्रतिस्पर्धामा जाने उनले प्रष्ट्याए ।
कांग्रेसको एक सय दिनको अभियान र उपनिर्वाचनको प्रचारप्रसारका क्रममा कर्णाली आएका पूर्वअर्थमन्त्री महतले आफूले अर्थ मन्त्रालय सम्हाल्दा कर्णाली राजमार्गलगायत अपर कर्णालीका लागि ठूलो बजेट विनियोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नैलाई विपक्षी ठान्नेहरुले कांग्रेस एक्लै चुनाव लड्छ भनेर मात्रै हुँदैन : प्रकाशशरण महत
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत
क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री