एनआई सी एशियामा नछुटोस छुट पाउने मौका !

सफल खबर संवाददाता

आइतबार, १८ कार्तिक २०७५, १६ : ४३
एनआई सी एशियामा नछुटोस छुट पाउने मौका !

काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडले आउँदै गरेको शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा QR कोड माध्यमबाट कारोबार गर्दा ५% वा पाँच सयसम्मको छुटको व्यवस्था गरेको छ । 
बैंकले ग्राहक महानुभावहरूलाई  ‘नछुटोस् छुट पाउने मौका’ भन्ने योजनामा सहभागी भई सामान खरिद गरी सकेपछि भुक्तानी गर्दा एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा QR कोड भुक्तानी गरी  ५% वा पाँच सयसम्मको छुट प्राप्त गर्न अनुरोध गरेको छ । 
नेपालकै सबैभन्दा ठूलो बैंक एनआई सी एशिया बैंक लिमिटेडले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालनागर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस