सोच बदलौं, भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं

सफल खबर संवाददाता

आइतबार, १८ कार्तिक २०७५, १६ : ३२
सोच बदलौं, भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आउँदै गरेको शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं, भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलो पटक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई सय रुपैयाँको बोनस उपलब्ध गराउनेछ । भाइटिकाको उपलक्ष्यमा ग्राहक महानुभावहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको Mo-Bankबाट रकम ट्रान्सफर गर्दा सय रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा पाउने प्राप्त गर्न सक्नेछन् । 

ग्राहक महानुभावहरूलाई ‘सोच बदलौं ... भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी भई Mo-Bankबाट दक्षिणा रकम ट्रान्सफर गरी सय रुपैयाँ बोनस प्राप्त गर्न बैँकले अनुरोध गरेको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस