पोखरा । काठमाडौँ रोयल्समाथि ६ विकेटको जित निकाल्दै चितवन राइनोज पोखरा प्रिमियर लिगको फाईनलमा प्रवेश गरेको छ । ९५ रनको लक्ष्य पछाउने क्रममा चितवनले १८ दशमलव २ ओभरमा लक्ष्य भेटाएको थियो ।
लिगको एलिमिनेटर राउण्डको खेलमा चितवनले जित निकाल्दै फाइनल प्रवेश पक्का पारेको छ । चितवनको जितका लागि स्मिथ पटेलले ४३ बलको क्षतीमा ३८ रनको योगदान दिएका थिए । ओपनर हरिशंकर शाहले २२ बलमा २६ रन जोडे ।त्यस्तै आरिफ शेखले ३२ बलमा २० रन बनाएका थिए । चितवनको जितमा सन्नी पटेलले ३ विकेट लिए । त्यस्तै करन केसी, स्मिथ पटेल र भुवन कार्कीले २–२ विकेट लिएका थिए ।
जितसँगै उपाधीका लागि चितवन राइनोजले यहि कात्तिक २० गते मंगलबार पोखरा पल्टनसँग भिड्ने छ । कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ कार्तिक २०७५, १४ : १३
लेखकबाट थप