एजेन्सी । अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
यसअघि अस्ट्रेलियाले इंग्ल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पनि वर्षाका कारण अंक बाँडेको थियो। सो समूहको अन्तिम खेल दक्षिण अफ्रिका र इंग्ल्यान्डकाबीच शनिबार हुनेछ।
इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिइ सकेको छ। सो खेलमा इंग्ल्यान्डले फराकिलो अन्तरको जित हात पारेमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्न सक्छ। अन्यथा दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गर्नेछ।
अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन जोडेको समयमा वर्षाले खेल रोकिएको थियो। सो समयमा ट्रेभिस हेडले ४० बलमा ५९ रन जोडेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफी: वर्षाका कारण अस्ट्रेलिया-दक्षिण अफ्रिका भिडन्त रद्द
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा
च्याम्पियन्स ट्रफी : भारतको लगातार दोस्रो जीत, पाकिस्तान पराजित