एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’का दुवै अपराजित टिमले दुईदुई खेल खेल्दा चारचार अंक जोडेको छन्। दुवै टिमको सेमिफाइनल यात्रा तय भइसकेको भए पनि यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ।
भारत र न्युजिल्यान्डको यो भिडन्त आइतबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
समूह चरणमा यसअघि भारतले बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। पहिलो खेलमा बंगलादेशमाथि २१ बल बाँकी हुँदा ६ विकेटले विजयी भएको भारत दोस्रो खेलमा पाकिस्तानविरुद्ध ४५ बल बाँकी हुँदा ६ विकेटले नै विजयी भएको थियो।
यता, न्युजिल्यान्डले भने पहिलो खेलमा पाकिस्तानलाई ६० रनले हरायो भने दोस्रो खेलमा बंगलादेशलाई २३ बल बाँकी हुँदा ५ विकेटले पराजित गरेको थियो। आज भारत र न्युजिल्यान्ड दुवै टिम समूह चरणको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।
समूह ‘बी’बाट ५ अंक जोड्दै दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया चार अंक जोड्दै उपविजेता बनेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आज हुने यो खेललले सेमिफाइनल समीकरण पूरा हुनेछ। भारत र न्युजिल्यान्डको नतिजाले कुन देशले सेमिफाइनलमा कसलाई प्रतिद्वन्द्वी पाउँछन् भन्ने टुंगो लाग्नेछ।
पाकिस्तानको आयोजनामा भएको यो प्रतियोगिताको समूहचरणबाटै आयोजकसहित बंगलादेश, अफगानिस्तान र इंग्ल्यान्ड बाहिरिसकेका छन्।
भारतले पाकिस्तान जान अस्वीकार गरेपछि यो प्रतियोगिता हाइब्रिड मोडलमा पाकिस्तान र यूएईमा जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा
च्याम्पियन्स ट्रफी: वर्षाका कारण अस्ट्रेलिया-दक्षिण अफ्रिका भिडन्त रद्द
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा
च्याम्पियन्स ट्रफी : भारतको लगातार दोस्रो जीत, पाकिस्तान पराजित