एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा भारतको भिडन्त अस्ट्रेलियासँग हुने भएको छ। आइतबार दुबईमा भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारतले समूह ‘ए’ मा पहिलो स्थान हात पारेको हो।
भारत र अस्ट्रेलियाबीच मंगलबार युएईमा पहिलो सेमिफाइनल खेल हुनेछ। न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ।
२५० रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डलाई २०५ रनमा सीमित गर्ने क्रममा भारतका मिस्ट्री स्पिनर वरुण चक्रवर्तीले ५ विकेट लिए। उनले १० ओभरमा ४२ रन खर्चिए। यस सिजनको च्याम्पियन्स ट्रफीमा यो सबै भन्दा उत्कृष्ट बलिङ हो। न्युजिल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाएको हो।
पराजित टोली न्युजिल्यान्डका केन विलिम्सनले सर्वाधिक ८१ रन जोडे। आठौँ क्रममा ब्याटिङ गरेका माइकल सा्न्टनरले २८ रन जोडे।
यसअघि भारतलाई २४९ रनमा सीमित गर्नेक्रममा म्याट हेन्रीले ८ ओभरमा ४२ रन खर्चेर ५ विकेट लिएका थिए। भारतले ६.४ ओभरमा ३० रन जोडेर विराट कोहलीसहित तेस्रो विकेट गुमाएको थियो। भारतलाई उकास्ने क्रममा श्रेयास ऐयारले ७९, हार्दिक पाण्डेले ४५ तथा अक्षर पटेलले ४२ रन जोडे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ फागुन २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा
च्याम्पियन्स ट्रफी: वर्षाका कारण अस्ट्रेलिया-दक्षिण अफ्रिका भिडन्त रद्द
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा
च्याम्पियन्स ट्रफी : भारतको लगातार दोस्रो जीत, पाकिस्तान पराजित