च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै

एजेन्सी

आइतबार, २५ फागुन २०८१, १० : १०
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । च्याम्पियन्स ट्रफी २०२५ को उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दै छन् ।

खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो २:३० बजे शुरू हुनेछ । भारतले उक्त मैदानमा अहिलेसम्म एउटा पनि ओडीआई हारेको छैन ।

टोलीले १० खेल खेलेको छ र ९ जितेको छ । एक खेलमा बराबरी भएको थियो । दुई टोलीबीच हालसम्म ११९ ओडीआई खेलिएको छ ।

जसमा भारतले ६१ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । यसबाहेक ७ खेलको नतिजा आएको छैन ।

प्रतिक्रिया दिनुहोस