एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् ।
भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।
भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । दुवै टोली यस प्रतियोगितामा अपराजित छन्, अस्ट्रेलियाको दुई खेल भने नतिजाविहीन थियो ।
भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो । अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्याण्डमाथि शानदार जित निकाल्दा त्यसपछिका दुई खेल नतिजाविहीन भएको थियो ।
भारतले हालसम्मका तीनवटै खेल सोही मैदानमा खेलेको छ । त्यसकारण भारतलाई कन्डिशन राम्रोसँग थाहा छ । अस्ट्रेलियासँग मुख्य अनुभवी पेस बलर नहुँदा बलिङ केही कमजोर देखिएपनि आईसीसीका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्षम टिम हो ।
यी दुई टोली पछिल्लोपटक सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भेटेका थिए । उक्त खेलमा १ लाखभन्दा बढी दर्शकलाई भारतकै रंगशालामा स्तब्ध बनाउँदै अस्ट्रेलियाले छैटौंपटक विश्वकपको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० फागुन २०८१, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा
च्याम्पियन्स ट्रफी: वर्षाका कारण अस्ट्रेलिया-दक्षिण अफ्रिका भिडन्त रद्द
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा