पीपीएल टी–२० क्रिकेट

काठमाडौँ रोयल्सद्वारा चितवन राइनोजलाई ९५ रनको लक्ष्य पेश

सफल खबर संवाददाता

आइतबार, १८ कार्तिक २०७५, १२ : ४३
काठमाडौँ रोयल्सद्वारा चितवन राइनोजलाई ९५ रनको लक्ष्य पेश

पोखरा । पोखरा प्रिमियर लिगको एलिमिनेटर राउण्डको खेलमा काठमाडौँ रोयल्सले चितवन राईनोजलाई ९५ रनको लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेकोे काठमाडौँ रोयल्सले १९ दशमलव ३ ओभरमा पुरै विकेट गुमाउदै ९४ रन मात्र बनाउन सक्यो ।  पहिलो ओभरमा आक्रमक शुरुवात गरेको काठमाडौँले दास्रो ओभरबाट भने राम्रो खेल्न सकेन । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३५ बलमा ३० रन जोडेका थिए । जय किसन कोल्सवालाले ३७ बलमा २५ रनको योगदान दिए । त्यस बाहेक अन्य ब्याट्सम्यानले राम्रो अंक जोड्न सकेनन् ।

चितवन राईनोजका तर्फबाट सन्नी पटेलले ३ विकेट लिए । त्यस्तै करन केसी, स्मिथ पटेल र भुवन कार्कीले २–२ विकेट लिएका थिए । खेलको विजेताले फाईनलमा पोखरा पल्टनको सामाना गर्नेछ ।

कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


 

 

प्रतिक्रिया दिनुहोस