काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारको दिन नेप्से उच्च अंकले बढेर बन्द भएको हो ।
आज नेप्से ४९.१५ अंकले बढेर २ हजार ८ सय १५ दशमलब ४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि ११ अर्ब नाघेको छ । आज नेप्सेमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा १८६ कम्पनीको शेयरमूल्य बढ्दा ५२ को घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। जसमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ७.१७ प्रतिशतले घटेको छ । हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ४७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि
झिनो अङ्कले बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार
११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन ३२.८१ अङ्कले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार
नेप्सेमा ९० अंकको पहिरो, १२ अर्बमा सीमित भयो कारोबार
नेप्से परिसूचक ३४.२९ अंकले बढ्यो