साताको अन्तिम कारोबार दिन ३२.८१ अङ्कले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, १५ : २४
साताको अन्तिम कारोबार दिन ३२.८१ अङ्कले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३२ अङ्कले घटेको छ । बिहीबार नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २४८६.७६ को विन्दुमा पुगेको हो ।

यस दिन बजारमा १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।अघिल्लो कारोबारका दिन बुधबार नेप्से परिसूचक ४९.१८ अङ्कले बढेर २५१९.५७ को विन्दुमा अडिएको थियो ।

आज ग्रीन भेन्चरस लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । भने, यसका लगानीकर्ताहरूले सबैभन्दा बढी घाटा खाएका छन् ।कारोबारका आधारमा अपि पावर कम्पनी ४७ करोड ९९ लाख ६७ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

 

 

 

 

 

साताको कारोबार

साताको पहिलो दिन आइतबार मात्रै नेप्से परिसूचक ११.५८ अङ्कले बढेर २५८८.३५ को विन्दुमा अडिएको थियो । यस दिन बजारमा १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा अडिएको थियो । यस दिन बजारमा १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से ५८.९३ अङ्कले घटेर २४७०.३९ को विन्दुमा कायम भएको थियो । यस दिन बजारमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको थियो । 

दिन बुधबार नेप्से परिसूचक ४९.१८ अङ्कले बढेर २५१९.५७ को विन्दुमा अडिएको थियो । यस दिन बजारमा १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको कारोबार भएको थियो । 

सातको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २४८६.७६ को विन्दुमा कायम भएको छ । यस दिन बजारमा १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरका खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस