भारतीय विदेश मन्त्रीसँग राजदूत शर्माको भेट

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, २० : ०१
भारतीय विदेश मन्त्रीसँग राजदूत शर्माको भेट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् ।

सो भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेश मन्त्री जयशंकरले जानकारी दिएका छन् ।

‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेश मन्त्री जयशंकरले एक्समा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस