काठमाडौँ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।२०८२ साल लागेसँगै नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भइरहेको छ । बुधवार नेप्से परिसूचक ७।०१ अङ्क बढेको थियो ।
बिहीबार नेप्से २८.९७ अङ्कले बढेर २७२५.२० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.९३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अङ्क बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बिहीबार कारोबारमा आएका ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७१३ कित्ता शेयर १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधवार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबर भएको थियो । बुधवारको कारोबार रकमको तुलनामा ३ अर्ब बढीको कारोबार रकम वृद्धि भएको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ ।
लगानी उपसमूहको परिसूचक २.९९ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैङ्क उपसमूहको परिसूचक १.३५,बैङ्किङ उपसमूह १.१४ प्रतिशत,वित्त, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढ्दा व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ ।
दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।त्यस्तै, यस दिन हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर कम्पनीको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ६२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि
झिनो अङ्कले बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार
११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन ३२.८१ अङ्कले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार