११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १५ : २३
११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।

आज ३०७ कम्पनिको कारोबार हुदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २८  करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस