काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २.४७ अङ्कले बढेर २७४५.३६ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन बुधबार मात्रै ४३.२२ अङ्कले बढेको बजारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।
कारोबारका आधारमा आज कुमारी बैङ्क ३३ करोड १३ लाख ९० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । दशैं बिदापछिको पहिलो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको थियो ।
यस दिन ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो । बुधबार ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि
११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन ३२.८१ अङ्कले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार
नेप्सेमा ९० अंकको पहिरो, १२ अर्बमा सीमित भयो कारोबार
नेप्से परिसूचक ३४.२९ अंकले बढ्यो
नेप्से परिसूचक ९४ अङ्कले बढ्यो