काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापा, सिराहा र नवलपरासीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
झापाको बुद्धशान्ति गाउँपालिका–२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलमा सवार १ जनाको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–३ हर्वलेचोकस्थित सडकमा ना.१ क ९१२९ नम्बरको टिपर शनिबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका–६ फापरबारी बस्ने ३२ वर्षीय नरबहादुर वाईबाको घटनास्थलमै मृत्यु भएको हो । उता, सिराहाको मिर्चैया नगरपालिका–७ स्थित सडकमा रोकी राखेको प्र.२–०१–००१ ख ००३६ नम्बरको टिपरमा प्र.३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठक्कर खाई दुर्घटना हुँदा पिकअपका सहचालक सिन्धुली दुधौली नगरपालिका–१४ बस्ने २७ वर्षीय मिलन सुनारको मृत्यु भएको छ ।
आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मनोकामना अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकलाई थप उपचारका लागि विराटनगरतर्फ पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
बसको ठक्करबाट चितवनमा एक पुरुषको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु