सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १२ : ४७
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-२ बेलटाँडीचोकमा लिलाचोकबाट सहिदचोकतर्फ आउँदै गरेको बा. प्र.०१-०३१ च ५६२८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय चुमन बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

 

 

 

यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित नयाँ सडकमा लुम्बिनी प्रदेश एएए ००११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय राज कुमार श्रीवास्तवको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवल प्रालि अस्पतालमा थप उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस