काठमाडौं। सुनसरी, मकवानपुर र सर्लाहीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-३ मा को.३९ प ९१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको ईभी गाडी सडक भन्दा करिब २ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका-७ बस्ने १३ वर्षीया मानुसी मगरको घटनास्थलमै र गम्भीर घाइते भएकी रौतहट घर भएकी ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका गाडीमा सवार ४ जनाको हेटौंडा अस्पतालमा र ९ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, सर्लाहीको कविलासी नगरपालिका-७ गैर चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्रजित महराको मृत्यु भएको छ ।
बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु