काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित सडकमा सु.प.प्र.०१००१ ह ६४२३ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीया जनक शाहको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाम, रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित सडकमा इलामबाट झापातर्फ जाँदै गरेको को.१ ख ६४६२ नम्बरको टिपरले प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादी गाउँ बस्ने ४० वर्षीय दीर्घ राई र मोटरसाइकलमा सवार उनकै बुवा ७० वर्षीय पन राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका-१० कोटियाथानस्थित सडकमा लु.३ त ९८६४ नम्बरको ट्याक्टर र लु.६२ प ३०७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाल्पा रैनादेवी छहरा गाउँपालिका-७ बस्ने २५ वर्षीय थमन गाहा र २५ वर्षीय निराज रास्कोटीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-७ स्थित सडकमा दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को.१ त ६७८८ नम्बरको ट्याक्टरले मे.६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार झापा कमल गाउँपालिका-३ बस्ने ६५ वर्षीय तारानरायण श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
बसको ठक्करबाट चितवनमा एक पुरुषको मृत्यु
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु