धनुषा। स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले आयोजित चिकित्सकको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ ।विशेषज्ञ चिकित्सकहरूको छाता सङ्गठन सिमोनद्वारा आयोजित सम्मेलनको वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले उद्घाटन गरे ।
सिमोनको आयोजना र मधेश प्रदेश च्याप्टरको स्थानीय सहयोगमा दुई दिने सम्मेलन शुरू भएको हो । यो सम्मेलनले चिकित्सकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको बताइएको छ ।
सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेको सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् । पहिलो पटक जनकपुरधाममा आयोजना भएको सम्मेलनमा भाग लिनका लागि करिब चार सयभन्दा बढी चिकित्सकको उपस्थिति रहेको छ । सम्मेलनमा नेपालभरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
सिमोनको छैटौं राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने जनाइएको छ ।
सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उद्देश्यका साथ यो कार्यक्रम गरिएको बताए ।
यसअघि नेपालका विभिन्न भागमा यस संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेश प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कुलदीप पण्डितले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने
चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित
पाँच महिनादेखि चिकित्सक बेपत्ता