गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने

पत्रपत्रिकाबाट

आइतबार, ०६ माघ २०८१, ०७ : ४८
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने

काठमाडौ । गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकले नेपालमा बिरामीको उपचार गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले पहिलो पटक उनीहरूलाई नेपालमा चिकित्सा अभ्यास गर्न लाइसेन्स दिने निर्णय गरेको हो । 

हाल मेडिकल काउन्सिलमा तीन जना गैरआवासीय चिकित्सकले नेपालमा चिकित्सा अभ्यास गर्न निवेदन दिएका छन् । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतीशकुमार देवले तीमध्ये एक जनालाई तत्काल लाइसेन्स दिइने बताए ।

पहिलो पटक गैरआवासीय चिकित्सकको लाइसेन्स पाउनेमा अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका पूर्वअध्यक्ष डा. भूपेश खड्का छन् । अन्य दुई जनाको निवेदन मात्र आएको तर लाइसेन्सका लागि आवश्यक कागजात र शुल्क नतिरेकाले हाललाई लाइसेन्स दिन नसकिएको उनले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस