पीपीएल टी–२० क्रिकेट

चितवन राइनोजले पायो एक सय ४६ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १७ कार्तिक २०७५, १५ : ०७
चितवन राइनोजले पायो एक सय ४६ रनको लक्ष्य

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा शनिबार जारी दोस्रो खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजलाई एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै विराटनगर टाइटन्सले एक सय ४५ रन जोडेपछि चितवन राइनोजले एक सय ४६ रनको लक्ष्य पाएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरको लागि मुहम्मद आलमले ५१ र सुनिल धमलाले ४७ रन बटुले । अन्य खेलाडीमध्ये प्रदीप ऐरीले ११, पुष्प थापाले ११, राजेश पुलामी मगरले आठ, राजु रिजालले छ र एन्टोन एन्ड्रीयुले चार रन जोडे ।

चितवन राइनोजको लागि टिम क्याप्टेन पारस खड्काले दुई, स्मित पटेलले दुई र करन केसीले एक विकेट लिएका थिए । कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस