काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१ विश्वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा.५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुङ्गा घर भई काठमाडौँ डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-१ पन्ध्र नम्बर मोड नजिक सडकमा जुम्लादेखि नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७४७१ नम्बरको मिनी बस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा बसमा सवार भारत बिहार घर भएका उमेश शाहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँस्थित सडकमा सोही गाउँपालिका-४ टुपबोटबाट दारबोटतर्फ जाँदै गरेको ना.८ ख ७२७६ नम्बरको टिपर सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका-५ बस्ने ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु