भारतको राजधानी दिल्लीमा सोमबार बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सावधानी अपनाउन नागरिकलाई अपिल गरेका छन्।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सोमबार बिहान ५:३६ बजे दिल्ली र वरपरका क्षेत्रमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु दिल्लीमा जमिनभन्दा पाँच किलोमिटर तल थियो। प्रधानमन्त्री मोदीले सबैलाई सतर्क रहन अपिल गरेका छन्।
उनले एक्समा लेखेका छन्, ‘दिल्ली र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरियो। म सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गर्दछु। सतर्क रहनुहोस्। अधिकारीहरूले परिस्थितिमा नजर राखिरहेका छन्।’
भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए।
यो खबर लेख्दासम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ फागुन २०८१, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प