काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ स्थित सडकमा ना.४ ख २४९६ नम्बरको ट्रकले ना.१ ह ८३०८ नम्बरको अटोलाई शुक्रबार बेलुकी ठक्कर दिँदा अटोमा सवार मनहरी गाउँपालिका-६ खयरघारी बस्ने ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोका चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१० साठीमुरेस्थित सडकमा कार्कीटारबाट सुकुटेतर्फ जाँदै गरेको बा.३ ख ५६६४ नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा टिपरमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय यम बहादुर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालक समेत ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय दल बहादुर तामाङको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका-१२ स्थित सडकमा कोहलपुरबाट शमशेरगंजतर्फ जाँदै गरेको क.प्र.०२-००१ प १८८३ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक राप्तीसोनारी गाउँपालिका-८ ओभरी बस्ने ४६ वर्षीय शेर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ना.८ ख १६२४ नम्बरको ट्रक र चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-९ स्थित सडकमा बा.११ च ९२४३ नम्बरको कारले ना.३० प ७९३५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-९ बस्ने ५२ वर्षीय दुखिराम दराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, कटारी नगरपालिका-१ नौडाँडास्थित सडकमा मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प १३०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक कटारी नगरपालिका-७ मर्जेपुर घर भई हाल सोही नगरपालिका-४ कटारी माझीटोल बस्ने २३ वर्षीय रबिन तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
बसको ठक्करबाट चितवनमा एक पुरुषको मृत्यु
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु