काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानमा रहेका असन्तुष्टिहरू अहिले आएर व्यक्त भइरहेको उल्लेख गरेका छन् । उनले अहिले आएर कांग्रेस र एमालेको दुई तिहाइ पुग्छ संशोधनको प्रयास सुरु गरौँ भनेर पहलकदमी भइरहेको बताए ।
उनले संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर नआइसकेको पनि बताए । उनले नेपालमा अहिलेसम्म बनेका संविधानहरू संशोधन नभईकन कुनै नबाँचेको बताए । उनले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताए । सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रियसभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको बताए ।
उनले भने, ‘संविधानमा रहेको असन्तुष्टिहरू अहिले आएर व्यक्त हुन थालेका छन् । अब नेपाली काँग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाइ पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ । यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर आइसकेका छैनन् । तर कतिपय कुराहरू संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ ।
पन्तले भने, ‘नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन । यो संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ । हामी रिफर्म भएनौँ भने जान्छौँ । समयानुसार परिवर्तन हुनुपर्छ । संविधान पनि त्यही हो । संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन । कांग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्ने कुरामा प्रश्न छ ।
अध्यादेशकै विषयलाई लिएर राष्ट्रिय सभाको कम्पोज्सिनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ । छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो ।
सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताए । -न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिदैन भने जनार्दनजीलाई दिनुस्
राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग
भारतीय सीमामा काँडेतार लगाएर पासपोर्ट प्रणालीमा जानुपर्छ : रघुजी पन्त
संसदमा पत्रिका पढ्न नपाएको रघुजी पन्तको गुनासो
पात्रमा मात्र होइन, परिस्थितिमा पनि जनताले परिवर्तन खोजेका छन् : रघुजी पन्त
परराष्ट्रमन्त्रीलाई पन्तको प्रश्न : मेहताले बहालवाला प्रधानमन्त्री र नेपालको अपमान गर्दा समेत किन मौन ?