काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सीमामा काँडेतार लगाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले तराईंमा असुरक्षा बढेको भन्दै सिमानामा काँडेतार लगाएर विस्तारै पासपोर्ट प्रणालीमा जानुपर्ने बताएका हुन् । नेपाल-भारतबीच अहिले खुला सिमाना छ ।
‘केही दिनदेखि तराईंमा दिउँसै मान्छे मारिएका छन् । दिउँसै गोली हानिएका समाचार आएका छन् । मूल कारण खुला सिमाना हो,’ पन्तले भने, ‘खुला सीमालाई स्वतन्त्र देशले नियन्त्रण गर्नैपर्छ । हामी एकैचोटी नसकौंला तर, अचेल राष्ट्रिय परिचयपत्र दिन थालिएको छ ।
यताबाट जाँदा पनि नागरिकता हेर्न सकिन्छ । उताबाट आउँदा पनि भारतीयसँग आधारकार्ड हेर्न सकिन्छ ।’विस्तारै भारतसँग पासपोर्ट प्रणालीमा जानुपर्ने उनले बताए । ‘काँडेतार लगाएर विस्तारै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ,’ पन्तले भने, ‘यसको लागि सशस्त्र प्रहरीलाई साधन र स्रोतले सम्पन्न बनाउनुपर्छ ।
जहाँ सशस्त्र प्रहरी बसेको छ । त्यहाँ सीमाको सुरक्षा भएको छ ।’तराईंको सुरक्षाको लागि आन्तरिकतर्फ नेपाल प्रहरी र सीमामा सशस्त्र प्रहरीलाई व्यवस्थित हिसाबले खटाउनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिदैन भने जनार्दनजीलाई दिनुस्
राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग
संसदमा पत्रिका पढ्न नपाएको रघुजी पन्तको गुनासो
पात्रमा मात्र होइन, परिस्थितिमा पनि जनताले परिवर्तन खोजेका छन् : रघुजी पन्त
परराष्ट्रमन्त्रीलाई पन्तको प्रश्न : मेहताले बहालवाला प्रधानमन्त्री र नेपालको अपमान गर्दा समेत किन मौन ?