६१ जना प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस

सफल खबर संवाददाता

सोमबार, ०१ बैशाख २०८२, ०७ : २७
६१ जना प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । २०८१  साल चैत ३१ गते बसेको बढुवा समितिको बैठक अनुसार यो निर्णय गरिएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लाग गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस