काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा सांसदका लागि पढ्न उपलब्ध गराइँदै आएको पत्रिका कटौती गरेको भन्दै गुनासो गरेका छन् ।मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संसद् सचिवालयका कर्मचारीको आन्दोलन र संसदमा पत्रिका कटौती भएकोबारे सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
‘संसदका कर्मचारीले ओभरटाइम काम गर्दा नियम कानुनअनुसार पाउनुपर्ने भत्ता अहिले पनि नपाउने कुरा अन्याय भो’, पन्तले प्रश्न गर्दै भने, ‘त्यो अर्थ मन्त्रालय र अन्तका कर्मचारीले पाउने अनि संसदका कर्मचारीले किन नपाउने ?’
उनले सभामुखलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारी उपस्थित नभएर धर्नामा बसेको भन्दै संसदको यस्तो दृश्य आफैमा दुखद हो कि होइन भनेर प्रश्न गरे । पन्तले संसदमा पत्रिका कटौतीको विरोध गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
‘त्यतिमात्र होइन ६,७ महिना अगाडिसम्म बाहिर सांसदहरूलाई पढ्न जति अखबारहरू राखिन्थ्यो ती महत्त्वपूर्ण अखबारहरू अहिले कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरूलाई पढ्न दिने पत्रिका पनि कटौती गर्नुपर्ने ?’, उनले भने, ‘संसदलाई सरकारले जहिले पनि सहयोग गर्नुपर्छ ।
संसद् नै सरकारको जन्मदाता हो । संसदले सरकार दिन्छ, प्रधानमन्त्री दिन्छ । संसदको गरिमा बढ्यो भने संसदको काम प्रभावकारी हुन्छ । यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिदैन भने जनार्दनजीलाई दिनुस्
राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग
भारतीय सीमामा काँडेतार लगाएर पासपोर्ट प्रणालीमा जानुपर्छ : रघुजी पन्त
पात्रमा मात्र होइन, परिस्थितिमा पनि जनताले परिवर्तन खोजेका छन् : रघुजी पन्त
परराष्ट्रमन्त्रीलाई पन्तको प्रश्न : मेहताले बहालवाला प्रधानमन्त्री र नेपालको अपमान गर्दा समेत किन मौन ?