भूमि अध्यादेश अस्वीकार गरेका उपेन्द्र यादवलाई बालुवाटार बैठकबाट फोन

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०८१, १४ : १८
भूमि अध्यादेश अस्वीकार गरेका उपेन्द्र यादवलाई बालुवाटार बैठकबाट फोन

काठमाडौं । भूमि अध्यादेशमा निर्णायक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवलाई बालुवाटारबाट फोन गरेको छ। अध्यादेशमा सहमति जुटाउनको लागि बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकबाट जसपा नेपालका नेताहरुसँग फोनमा कुराकानी भएको गृहमन्त्री रमेश लेखकले बताए।

उनले भने, ‘उपेन्द्रजी र राजकिशोरजी काठमाडौं बाहिर भएकाले उपस्थित हुन पाउनुभएन। उहाँहरुसँग फोनमा वार्ता भएको छ। कुरा भइसकेको छ। त्यो बाहेक सरकारमा सहभागी सबै दलहरु सहभागी हुनुहुन्थ्यो। उहाँहरुसँग पनि सहमति भइसकेकाले अब अघि बढ्छ।’

 

जसपा नेपालले मात्रै नभइ सरकारमै भएको लोसपाले पनि सरकारले ल्याएको ५ अध्यादेशमा समर्थन गरेपनि भूमि अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका थिए। तर, आजको बैठकबाट सहमति जुटेको गृहमन्त्री लेखकको दाबी छ।

बैठकमा प्रधानमन्त्री एवं एमाले का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोपपा अध्यक्ष महन्थ ठाकुर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारी पनि सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस