काठमाडौँ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । भीआईपी सवार गाडीको ठक्करबाट मोटरसाइकको लुकिङ ग्लास फुटेको उपत्यका प्रहरी कार्यालयका एसपी सञ्जय राउतले बताए ।
मन्त्रीको सचिवालयले मोटरसाइकलको लुकिङ ग्लास मर्मत गरिएको छ । ग्लास मर्मत गरेर दुवै पक्षको बिचमा मिलापत्र भएको एसपी राउतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १२ : ४७
लेखकबाट थप