विराटनगर। मोरङमा आइतबारदेखि नागरिकताको प्रमाणपत्रको सिफारिस अनलाइन प्रविधिमार्फत उपलब्ध गराइने भएको छ ।मोरङका सबै वडाबाटै नागरिकताको सिफारिस अनलाइन प्रविधिमार्फत गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । मोरङमा १७ वटा स्थानीय तहका १ सय ५९ वटा वडा रहेका छन् ।
‘गृह मन्त्रालयले नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटिजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) नामक ‘सफ्टवेयर’ बनाएको छ,’ उनले भने ‘हामीले पनि प्रयोग गर्ने भनेको यही ‘सफ्टवेयर हो । यसले सहज र छिटो बनाउँछ ।
अनलाइनमार्फत विवरण आउँदा पहिला भन्दा काम गर्न पनि छिटो हुने उनले बताए । ‘पहिला सबै कागजात हेरेर रुजु गरेर इन्ट्री गर्नु पर्थ्यो। अब रुजु गर्न मात्रै समय लाग्ने हो। इन्ट्री वडा सचिवले नै गर्ने भएकाले छिटो हुन्छ’ उनले भने ।
नागरिकता लिने सेवाग्राहीले अब अनुसूची भरेको कागजात मात्रै लिएर आउनु पर्छ । वडा सचिवले सफ्टवेयरमा भर्दा मिस्टेक भएको पाइएमा भने जिल्ला प्रशासन कार्यालयबाटै सच्याइने उनले बताए । विवरण वडाबाटै सफ्टवेयरमा इन्ट्री र स्क्यान भएर आउँदा समय बचतसँगै सहज हुने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
छयानब्बे वर्षमा नागरिकता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सेवा