काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरूसँगको भेटमा देउवाले सो धारणा राखेका हुन् ।
देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जिकिर समेत गरे ।भेटमा नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल उत्साहजनक रहेको बताए ।
सो भेटघाटमा नेपाली काँग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय बन्यो: देउवा