तनहुँ । जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । विसं २०६३ पुस १० गते जन्मिएका सुजन जन्मजात अपाङ्गता हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ फागुन २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
शान्तिवाटिकामा अनशनरत व्यक्तिबारे सांसदको चासो, सहयोगी उपलब्ध गराउन माग