जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, १४ : ४३
जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्रमा कसैलाई पनि विध्वंश गर्ने छुट नभएको बताएका छन् । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले जनविरोधी शक्तिहरुलाई नसल्बलाउनसमेत चेतावनी दिए ।

नेकपा एमाले कोशी प्रदेशले दमकमा आयोजना गरेको जनजागरण सभामा बोल्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकाले यसविरुद्ध उभिने जो–कोहीलाई जनताले बहिष्कार गर्ने बताए ।

उनले लोकतन्त्रमा विरोध गर्ने हक र छुट भए पनि तोडफोड, हिंसा र व्यक्ति हत्या जस्ता हर्कत स्वीकार्य नहुने बताए ।उनले भने, ‘जान्नेलाई छान्ने नामका केही शक्तिहरु कसरी सहकारी र भ्रष्टाचारको दलदलमा फसेका छन् भन्ने कुरा स्पष्ट छ । एमालेले गणतन्त्रका विरुद्धका गतिविधि तिनका नियतका बारेमा आमजनतालाई बुझाउन यो जागरणसभा आयोजना गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस