काठमाडौँ । शहरी विकास मन्त्रालयले दुई सय दिनमा १९.४७ प्रतिशत चालु खर्च गरेको छ भने पुँजीगत तर्फको खर्च १२.२२ प्रतिशत गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको दुई सय दिन (२०८१ माघ १७ गतेसम्म) को प्रगति विवरण अनुसार यस्तो पाइएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा शहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ हो ।जसमध्ये संघ तर्फको बजेट हाल ६८ अर्ब २४ करोड २८ लाख १८ हजार रुपैयाँ रहेको छ ।
सङ्घतर्फको कुल बजेटमध्ये चालु तर्फ ४ अर्ब ४५ करोड ८३ लाख २ हजार र पुँजीगत तर्फ ६३ अर्ब ७८ करोड ४५ लाख १६ हजार विनियोजित छ ।साथै समग्रमा यस मन्त्रालयको वित्तीय खर्च जम्मा ८ अर्ब ६६ करोड ८ लाख २८ हजार अर्थात १२.६९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शहरी विकास मन्त्रालयका सचिव सिग्देलले गरे पदभार ग्रहण
७ शहरमा महत्वकांक्षी परियोजना शुरु गर्दै शहरी विकास मन्त्रालय