थाइल्याण्डविरुद्ध खेलमा टस हारेर बलिङ गर्दै नेपाल

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०८१, १३ : ०१
थाइल्याण्डविरुद्ध खेलमा टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं। त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाअन्तर्गत थाइल्याण्ड विरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा थाइल्याण्डकी कप्तान नरौमोल चाइवाइले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। थाइल्याण्ड भने तीन वटै खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो ।

 

 

 

 

 

आजको खेलमा नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव र रचना चौधरी छन् ।

प्रतिक्रिया दिनुहोस