राष्ट्रिय सभा बैठकमै ढले सांसद

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १५ : ३८
राष्ट्रिय सभा बैठकमै ढले सांसद

काठमाडौं। राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चालन भइरहेका बेला अस्वस्थ बनेका छन् ।​ आसन ग्रहण गरिरहेका अवस्थामा एक्कासि ढल्न लागेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्‍याइएको थियो ।

 

 

 

 

 

रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस