काठमाडौं। नेपाल टेलिकमको ई-सिम अनलाइनमार्फत नै लिन सकिने भएको छ । टेलिकमको २१ औं वार्षिकोत्सवमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले ई-सिम अनलाइनमार्फत लिन सकिने जानकारी दिएकी हुन् ।
'अहिलेसम्म ग्राहकले ई-सिम लिनका लागि काउन्टरसम्म पुग्नुपर्ने बाध्यता थियो,' उनले भनिन्, 'नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकमको एप र वेबसाइटमार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।
उनले प्रतिस्पर्धात्मक बजार र तीव्र परिवर्तित प्रविधि बजार कम्पनीको स्थायित्व र सवलीकरणमा चुनौती बन्न सक्ने बताइन् ।
'कम्पनीको यात्रामा ग्राहकवर्गको अटुट विश्वास, कम्पनीका सम्पूर्ण कर्मचारीहरूको जिम्मेवारी बोध र उत्कृष्ट कार्यसम्पादन, सञ्चालक समिति तथा नियामक निकायहरूको मार्गदर्शनको परिणाम नै आज दूरसञ्चार सेवाको क्षेत्रमा भएको उपलब्धि हो ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १३ : ०८
लेखकबाट थप