काठमाडौं। प्रहरीले सुनसरीको धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । गएराति धरान उपमहानगरपालिका-६ पानमाराबाट अवैध लागूऔषध गाँजा करिब ४ सय १० किलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यसैगरी सुनसरी, हरिनगर गाउँपालिका-६ स्थित बाँसबारीबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुटकेसबाट उक्त गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु