काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सोमबार पदभार ग्रहण गरेका छन्। आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि ऊर्जा आयोगबाट सरुवा भएका सिग्देलले सोमबार मन्त्रालयमा पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन्।
तत्कालीन सचिव मणिराम गेलाल अवकाशमा गएपछि रिक्त रहेको शहरी विकास मन्त्रालयको नेतृत्वका लागि आधा दर्जन प्राविधिक सचिवहरूको प्रतिस्पर्धामध्ये सिग्देलले बाजी मारेका छन् ।
सिग्देलसहित तीन जना सचिवहरूले शहरी विकास मन्त्रालयको प्रशासनिक नेतृत्व प्रभावकारी बनाउन सक्ने भन्दै कर्मचारीहरूले शहरी विकास मन्त्रीलाई सुझाएका थिए । सिग्देलको नेतृत्वमा मन्त्रालयको प्राथमिकताहरूलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा कर्मचारीहरूले गरेका छन् ।
पदभार ग्रहण गर्दै सिग्देलले मन्त्रालयका कर्मचारीसँग सहकार्य गरी दीर्घकालीन विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ शहरमा महत्वकांक्षी परियोजना शुरु गर्दै शहरी विकास मन्त्रालय