काठमाडौँ । यो साता पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा साताको अन्त्य सम्ममा सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले वृद्धि भएको हो ।
माघ ६ गते आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ थियो । शुक्रबार मूल्य बढेर प्रति तोला १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो । सोमबार सुनको मूल्य १ लाख ५७ हजार थियो भने मंगलबार यो बढेर १ लाख ५८ हजार १ सय पुगेको थियो ।
माघ ९ गते बुधबार सुनको मूल्य पुनः बढेर १ लाख ६० हजार पुगेको थियो । बिहीबार भने सुनको मूल्य केही घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ भएको थियो । उता, चाँदीको मूल्य पनि केही बढेको छ । आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँ रहेकोमा माघ ११ गते शुक्रबार यसको मूल्य १ हजार ८८० पुगेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १४ : ४३
लेखकबाट थप