हेटौँडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।
शुक्रवार हेटौँडामा सुरु भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औँ जिल्ला अधिवेशनमा बोल्दै बर्तौलाले राष्ट्रिय महत्वको विधेयकले शिक्षा क्षेत्रलाई फराकिलो बनाउने बताए ।
उनले भने, ‘हरेक शिक्षकहरूमा अधिकार सँगसँगै जबाफदेहिता पनि आवश्यक छ। एक शिक्षकले विद्यालय जान घरबाट निस्कँदै गर्दा आफूसँगै आफ्ना नानी बाबु विद्यालय लैजान सके वातावरण बनाउनुपर्ने छ ।’
शिक्षकहरू स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने विषय पनि बाहिर उठेको भन्दै उनले टिप्पणी गरे, ‘शिक्षकहरू संघीयता विरोधी होइनन् कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरू स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् । केही स्थानीय तहमा शिक्षकहरूलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई रहका छन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने छ ।’
हिजो सिंगो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै सशक्त हुन जरुरी भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
दल विभाजन अध्यादेश सरकारले आवश्यकताको आधारमा ल्याउन सक्छ : महेश बर्तौला
ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला
सरकार ७६ (२) अनुसार नै बन्ने महेश बर्तौलाको दाबी
काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था निम्त्याउन खोज्यो : महेश बर्तौला
अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ : एमाले