काठमाडौँ । नेकपा एमालेले काँग्रेस-एमालेसहितको राष्ट्रिय सरकार संविधानको ७६ (२) अनुसार नै बन्ने प्रस्ट्याएको छ ।
संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्न कि भनेर अनेक भ्रम छर्न खोजिएको जिकिर गरे ।
सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको स्पष्टोक्ति थियो । उनले भने, ‘काँग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर अघि बढ्ने भनिसकेपछि त्यही हो मुख्य आधार । गण्डकी कोशीमा पनि यही धाराबाट सरकार बनेको छ । संविधानलाई भ्रमणपूर्ण ढङ्गबाट व्याख्या गर्न खोजिँदै छ । ७६ (३) बमोजिम भन्दै गर्दा काँग्रेस ठुलो दल छ भन्ने हिसाबले व्याख्या गर्न सकिन्छ । तर, काँग्रेस स्वयंले एमालेसँग समझदारी बनाइसकेको अवस्थामा सहमतिअनुसार नै कार्यान्वयन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि