काठमाडौँ। नेपाली काँग्रेसले ‘सुवर्ण शमसेर इकोनोमिक कन्क्लेभ’ गर्ने भएको छ । विसं २००८ सालमा अर्थमन्त्री बनेका काँग्रेसका संस्थापक नेता सुवर्ण शमसेरको नाममा इकोनोमिक कन्क्लेभ गर्न लागिएको हो । नेपालको पहिलो बजेट राणाले ल्याएका थिए ।
अर्थ संवादका लागि विदेशी व्यक्तिहरू समेत ल्याएर काँग्रेसले कार्यक्रम गर्न लागेको हो ।फागुनको २६ र २७ मा गते सुवर्ण शमसेर इनोनोमिक कन्क्लेभ गर्न लागिएको महामन्त्री गगन थापाले जानकारी गराए । इकोनोमिक कन्क्लेभमा केही विदेशी वक्ताहरू समेत आउने थापाले जानकारी गराए ।
साथै, काँग्रेसले रोजगारीका सन्दर्भमा रहेर एक वर्षे बहस निरन्तर गर्ने भएको छ । माघको मसान्तबाट रोजगारी बहस चलाउने तयारी गरिएको महामन्त्री थापाले जानकारी गराए ।
उनले भने, ‘नेपालमा रोजगारी कहाँ छ ? रोजगारीको अवस्था के छ भन्ने बारेमा एक वर्ष भरिमा बहस चलाउने गरी तयारी गर्दैछौं ।’यही माघको माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप एण्ड एमइ समिट’ गर्न लागिएको छ । केन्द्रीय कार्यालय सानेपामा दुई दिने कार्यक्रम राखिएको छ । स्टार्ट अप र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी गराइन् ।
थपलिया प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला विकास विभागले दुई दिने कार्यक्रम राखेको हो । थपलियाका अनुसार केन्द्रीय कार्यालयमा स्टलहरू राखेर प्रदर्शनी गरिने भएको छ ।
९ माघमा आर्थिक नीति तथा योजना विभागले ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक संवाद गोष्ठी राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा