काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाजुराको बुढीगंगा नगरपालिका-८ बेतालमाडौंस्थित सडकमा बेतालमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०२० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कुल बहादुर लुहारको छोरा ४ वर्षीय निसु लुहारको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ स्थित सडकमा ज.१ त ४१०१ नम्बरको ट्याक्टर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी भँगाहा नगरपालिका-९ बस्ने २८ वर्षीय जय किशोर सरदारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको के.सि. अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।
रोल्पाको गंगादेव गाउँपालिका-१ बिवाङस्थित सडकमा पनि तुल्सीपुरबाट चैतेकाफल मेलटारीतर्फ जाँदै गरेको ग.१ ज ५७४२ नम्बरको डबल क्याब गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ८ जना मध्ये १ जनाको स्मृती हस्पिटल घर्तीगाउँमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागी स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र १ जनालाई रेउका अस्पताल रोल्पा पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको बलरा नगरपालिका-२ हथियौलस्थित सडकमा बिआर ०६ पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट सोही ठाउँ बस्ने बिसुन रायकी छोरी ३ वर्षीया सोहानी कुमारी रायको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भारत मेजरगंजको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी रूपन्देहीको रोहिणी गाउँपालिका-३ धकधईस्थित सडकमा लु.८२ प २७५५ नम्बरको मोटरसाइकल ना.१ क १७५३ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा गाउँपालिका-३ करवाना बस्ने ३७ वर्षीय कृष्ण मुरली खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरीको गौशाला नगरपालिका-९ बिसरपुरस्थित सडकमा गौशालाबाट बिसरपुरतर्फ जाँदै गरेको ज.१२ प ३५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय जय प्रकास यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कार्यालयको केन्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
बसको ठक्करबाट चितवनमा एक पुरुषको मृत्यु
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु