प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

सफल खबर संवाददाता

सोमबार, १२ कार्तिक २०७५, १९ : १५
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्कहरुले बताएका छन् । 

छातीमा संक्रमण भएपछि सोमबार विहान प्रधानमन्त्रीलाई काठमाडौंको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । 

प्रधानमन्त्री ओलीको पछिल्लो अवस्था थप सुधारोन्मुख र स्थिर अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रध्यापक डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् ।


 

प्रतिक्रिया दिनुहोस