पीपीएल टी–२० क्रिकेट

पोखरा पल्टनले पाँच विकेटले पाखा लगायो चितवन राइनोजलाई

सफल खबर संवाददाता

सोमबार, १२ कार्तिक २०७५, १६ : ४२
पोखरा पल्टनले पाँच विकेटले पाखा लगायो चितवन राइनोजलाई

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको सोमबार जारी दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई पाँच विकेटले पाखा लगाएको छ ।

चितवन राइनोजबाट एक सय ४१ रनको लक्ष्य पाएको पोखरा पल्टनले पाँच विकेटको क्षतिमा १७ ओभर दुई बलमा लक्ष्य भेटेपछि खेलको नतिजा पोखरा पल्टनको पोल्टामा गएको हो । पोखराको लागि रवी इन्दर सिंहले ६५ र शरद भेषवाकरले ३७ रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ राजेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै एक सय ४० रन जोडेको थियो । चितवन राइनोजको लागि सन्नी पटेलले ४७ र पारस खड्काले ४४ रनको योगदान गरेका थिए ।

प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस