प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार

सफल खबर संवाददाता

सोमबार, १२ कार्तिक २०७५, ११ : ४५
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार

काठमाडौँ  । स्वास्थ्यमा समस्या देखीएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार भएको छ । त्रिवि शिक्षण अस्पताले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो । अस्पतालले प्रधानमन्त्रीको छातीमा संक्रमण देखीएको र चिनिको मात्रा असन्तुलीत भएको जनाएको छ । विहान साढे ४ बजे अस्पताल भर्ना भएका ओलीको अन्य अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ  ।
केहीदिनदेखी रुघाखोकी र ज्वरोका कारण निवासमै आराम गरिरहेका ओलीको खोकी बढेपछि त्रिवि शिक्षणअस्पताल लगिएको थियो । 
ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका अन्य नेताहरु अस्पताल पुगेर फर्केका छन् । 
११ बर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमीत औषधी सेवन गर्दै आईरहेका छन् । 
यसअघि शुक्रबार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओलीले मन्त्रीपरिषद बैठक स्थगीत गरेका थिए । चिकित्सकको सल्लाहअनुसार शनिबार पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा समेत ओली उपस्थित भएनन् । 
स्वास्थ्यमा सुधार आएपछि आईतबार ओलीले मन्त्रीपरिषद बैठक सरकारी निवास बालुवाटारमै डाकेका थिए । 

प्रतिक्रिया दिनुहोस